
बिहिवार , आश्विन ७, २०७८
भैरहवा, ७ असोज ।
भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मर्चवारी गाउँपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा प्रतिष्ठानले लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र र मर्चवारी–२ अमवास्थित रायपुर प्राथमिक स्वास्थ्य केन्द्र प्रदान गरेको हो ।
दुवै स्वास्थ्य संस्थाले अक्सिजन कन्सनटे«टर, पीपीई, मास्क, फेश शिल्ड, सेनिटाइजर गरी ४/४ लाख बराबरको सामग्री प्रदान गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका उपाध्यक्ष दीपक बोहराले लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीलाई हस्तान्तरण गरे । कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष अकरामुद्दीन मुसलमान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अली, राप्रपा केन्द्रीय सदस्य तथा रुपन्देही नम्बर ५ का संयोजक गंगाराम कलवार, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, युवा नेता शंकर खत्री लगायतको उपस्थिति रहेको थियो । हेमन्त चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै पूर्वमन्त्री बोहराले मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । कार्यक्रममा मर्चवारी–२ का वडाअध्यक्ष सुरेन्द्रनाथ मिश्रा, राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य ताहिर अली, केन्द्रीय सदस्य अहमद्दिन खान, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला सदस्य अहमद साह, क्षेत्र नम्बर ४ का अध्यक्ष सद्दाम साह, पूर्व गाविस अध्यक्ष सलिम देवान, मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साह, प्राथमिक स्वास्थ्य केन्द्रका कामेश्वर प्रसाद यादव, शंकर श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij