२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

बुटवल–३ मा रक्तदान

बुधवार , आश्विन ६, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल, ६ असोज ।
    नेपाल नियमित रक्तदाता संघ बुटवलले गोलपार्कमा खुल्ला रक्तदान सम्पन्न गरेको छ । संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गर्दै आएको छ । पछिल्लो समय बुटवलमा रगत अभाव भएकोले रक्तदान गरिएको आयोजकले जनाएका छन् । यस्तो ठाउँमा रक्तदान गराउँदा धेरै मानिसलाई उत्प्रेरणा हुने संस्था सचिव महेश खनालले बताए ।

    नेपाल नियमित रक्तदाता संघ अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष लिला प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडा सदस्य सरस्वती कुवर, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनी, नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार विमल बहादुर शाक्यको विशिष्ट आतिथ्यता, संघका सल्लाहकार सुरेन्द्र कुमार शाक्यको आतिथ्यता, सल्लाहकार राजकुमार श्रेष्ठ, बुटवल जब लिंकका दिपक केसीको, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का टोल विकास समितिका अध्यक्षहरु, नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी, कोषाध्यक्ष दिपक अधिकारी, मधु अर्याल, राजेश गैरेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

    नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत तथा सचिव महेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको थियो ।