२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

मेयरमाथि मुक्का : मेयरले मुद्दा नचलाउन भनेपनि प्रहरीले लगायो सार्वजनिक मुद्दा

बुधवार , आश्विन ६, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, ६ असोज ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्ने युवालाई कुनै मुद्दा नचलाउन नगरप्रमुख सुवेदीले आग्रह गरे पनि प्रहरीले भने सार्वजनिक मुद्दा चलाएको छ । नगरप्रमुख सुवेदीले आफूमाथि मुक्का प्रहार गरेका गणेश पंगेनीलाई कुनै मुद्दा नचलाउन आग्रह गरेको दावी गरेका थिए । 

    प्रमुख सुवेदीमाथि हातपात गर्ने गणेश पंगेनीलाई सार्वजनिक मुद्धा अन्तर्गत थप अनुसन्धानका लागि म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । नगरप्रमुख सुवेदीले कुनै पनि उजुरी नदिएको र मुद्दा दर्ता नगरे पनि जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार नै कारवाही गरिएको डीएसपी कुँवरले जानकारी दिए । 

    सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा उपमहानगर प्रमुख सुवेदीलाई पंगेनीले एक्कासी आक्रमण गरेका थिए । आक्रमणको चौतर्फी आलोचना र दबाबपछि प्रहरीले सोही दिन साँझ उनलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि मंगलबार ५ दिनको म्याद थप गरिएको बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख कुँवरले जानकारी दिए ।