२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रेबिज सप्ताह सुरु, पहिलो दिन जनचेतनामूलक कार्यक्रम

बुधवार , आश्विन ६, २०७८

भैरहवा, ६ असोज । 
विश्व रेबिज दिवसको अवसरमा रेबिज सप्ताह–२०७८ सुरु भएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ तारिख यो दिवस मनाइन्छ । दिवस अन्तर्गत बुधबार रेबिज सप्ताहको सुरुवात गरिएको हो ।दिवसको अवसरमा इन्टरनेशनल भेटेरिनरी स्टुडेण्ड एशोसिएशन (आइभीएसए) पक्लिहवा रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्धल्याण्ड, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध र रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको आयोजना तथा एस एग्रीकल्चरको सहयोगमा सप्ताहव्यापी कार्यक्रम गरिने रोट्रयाक्ट क्लब अफ भैरहवाका प्रथम उपाध्यक्ष अंकित पौडेलले बताए । बुधबारदेखि सेप्टेम्बर २८ तारिखसम्म सप्ताह सञ्चालन हुने उनले बताए । बुधबारदेखि सेप्टेम्बर २८ तारिखसम्म सप्ताह सञ्चालन हुने उनले बताए ।

सोही क्रममा सप्ताहको पहिलो दिन बुधबार सिद्धार्थनगर नगरपालिका–३ स्थित ब्राइट स्टार स्कूलमा रेबिजविरुद्ध जनचेतनामूलक कार्यक्रम गरिएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई रेबिज कसरी लाग्छ, यसको लक्षण र यसबाट बच्न अपनाउनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराइएको थियो । 

कार्यक्रममा ब्राइट स्टार स्कूलका प्रबन्ध निर्देशक अमित यादव, प्रिन्सिपल एल.बी. रौतार, इन्टरनेशनल भेटेरिनरी स्टुडेन्टस् एशोसियशन (आइभीएसए) नेपालका अध्यक्ष आशिष अधिकारी, रोट्रयाक्ट क्ल्ब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विनिता पोखरेल, रोट्रयाक्ट सेन्ट्रल बौद्धल्याण्डका अध्यक्ष दीक्षा सुनार, रोट्रयाक्ट भैरहवा चौतारीका अध्यक्ष निखिल खत्री, आइभीएसए पक्लिहवाका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

242255547_1846065458898496_7480356820567690370_n.jpg

के हो रेबिज रोग ?

रेबिज लागेको कुकुरको शरीरमा लाइसा भाइरस हुन्छ । यो भाइरस कुकुरले मानिसलाई टोकेमा मानिसको शरीरमा प्रवेश गर्छ र प्रवेश गरेको एक महिनादेखि एक वर्षभित्र शरीरमा फैलिएर रेबिजका लक्षणहरु देखिन थाल्छन् । रेबिज लागेका मानिसहरुमा अँध्यारोमा बस्न रुचाउने, पानीदेखि डराउने, श्वास–प्रश्वासमा समस्या हुने र अस्वभाविक गतिविधि गर्ने जस्ता लक्षण देखिन्छन् । यो रोग लागेको मानिसको उपचारपछि पनि निको हँदैन तर कुकुरले टोक्ने बित्तिकै रेबिजविरुद्धको खोप लगाएमा भने रेबिज लाग्दैन ।