२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

महिला रोग विशेषज्ञ डा. ज्योति राना सिद्धार्थनगर सिटी हस्पिटलमा

बुधवार , आश्विन ६, २०७८

भैरहवा, ६ असोज ।

सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. मायादेवी–८, रुपन्देहीमा महिला रोग विशेषज्ञ डा. ज्योति राना नियुक्त भएर आइतबारदेखि विशेषज्ञ सेवा सुरु गरेकी छन् । त्यस्तै हस्पिटलका मेडिकल डाइरेक्टर वरिष्ठ अर्थोपेडिक तथा स्पाइनल सर्जन डा. जावेद अहमद खान नेपाल अर्थोपेडिक एशोसियसन लुम्बिनी प्रदेशको वरिष्ठ उपाध्यक्षमा नियुक्त हुनुभएकोमा अस्पतालले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

२०६८ साल भदौमा १५ शैयाबाट स्वीकृति लिइ आफ्नो सेवा शुभारम्भ गरेको सिद्धार्थनगर सिटी हस्पिटल १५ शैयाबाट ५० शैयामा स्तरवृद्धि हुँदै हाल आफ्नै जग्गामा भवन निर्माण गरी सेवा सञ्चालन गरिरहेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । १० वर्षसम्मको निरन्तर प्रयासले अस्पतालले नयाँ भवनमा पूर्ण विशेषज्ञ सेवाहरु सञ्चालन गरिरहेको पोडेलले जानकारी दिए । अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि काठमाण्डौका ख्यातीप्राप्त ग्राण्डी अस्पताल तथा मेडिसिटी अस्पतालमा लामो अनुभव भएका चिकित्सकहरुको टोलीद्वारा सेवा प्रदान गरिएको उनले बताए । त्यस्तै रोग पहिचान तथा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक प्रविधि तथा उपकरणहरु ६४ स्लाइस सिटी स्क्यान, मोडुलर ओटी, आइसीयू, भेन्टिलेटर, प्रयोगशालामा प्रयोग हुने अटोमेटिक एनालाइजरहरुको समेत व्यवस्था रहेको अस्पतालले जनाएको छ ।
 
त्यसै गरी आम्दा तथा कान्ति बाल अस्पतालमा १५ वर्ष लामो अनुभव प्राप्त बालरोग विशेषज्ञ डा. उदयसिँह द्वारा हरेक दिन (ओ.पि.डी, टीवाइएफ एनआइसीयू सेवा) र महिला रोग विशेषज्ञ डा. ज्योति रानाद्वारा हरेक दिन ओपिडी, नर्मल डेलिभरी, सी÷एस सुरक्षित गर्भपन सेवा, निःसन्तान दम्पत्तिको लागि उपचार÷महिला रोग सम्बन्धि सम्पुर्ण उपचार तथा अपरेशन सेवा, ट्युमर पलाएको तथा पाठेघर खसेको उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले प्रदान गरेका मुख्य सेवाहरुमा हाडजोर्नी तथा मेरुदण्ड अपरेशन सेवा, दुरविनबाट गरिने पत्थरी लगायत सम्पूर्ण अपरेशन सेवा, डाइलाइसिस सेवा, आइसीयू, एनआइसीयू, टीवाइएफआइभीएफ सेवा,  सेवा, छाला सम्बन्धी लेजर सर्जरी तथा कपाल प्रत्यारोपण रहेका छन् ।
विरामीको सेवाका लागि ¥याम तथा लिफ्टको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । त्यस्तै विरामीहरुको सुविधाहरुलाई मध्यनजर गर्दे यस हस्पिटलले विभिन्न हेल्थ प्याकेजको व्यवस्था गरेको छ । हेल्थ प्याकेज अन्तर्गत डाइबिटिज, बेसिक हेल्थ, गोल्डेन हेल्थ, नेफ्रो, कार्डिक हेल्थ प्याकेज रहेका छन् । अस्पतालमा डिलक्स तथा नर्मल क्याबीको पनि व्यवस्था गरिएको अस्पतालको भनाइ छ । 

‘नजिकै रहेको लुम्बिनी र सञ्चालनमा आउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पाहुनाहरुको सेवाको लागि छुट्टै अन्तर्राष्ट्रिय युनिट बनाएका छौ, जसमा सुविधासम्पन्न ३ वटा अब्जरभेसज बेड र भर्ना भइ बस्नका लािग दुईवटा स्वीट क्याविन रहेको छ, ’अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले भने । भवनमा अन्डरग्राउण्ड पार्किङ्गसहितको  ६ वटा फ्लोर रहेको पौडेलले बताए ।

्भवनको कुल क्षेत्रफल ५५ हजार स्क्वायर फिट र भवन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएकाले भुकम्प आएको अवस्थामा पनि सजिलै अप्रेशन लगायतका सम्पूर्ण सेवाहरु विना अवरोध सञ्चालन गर्न सकिने अस्पतालको दावी छ । कागजरहित सेवा प्रदान गर्नका लागि सफट्वेयरको माध्यमबाट डिजिट्लाइज्ड प्रविधि जडान भइरहेको अस्पतालले जनाएको छ । सेवाग्राहीहरुको सजिलोको लगि यस अस्पतालल ई–बैंकिङ्गको पनि व्यवस्था गरिएको छ । सीमा नजिक रहेको महाराजगंज र सिद्धार्थनगर साथै उत्तरी भेकका गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ लगायतका अन्य जिल्लालाई लक्षित गरी गुणस्तरीय सेव प्रदान गर्ने उद्देश्य रहेको अस्पतालले जनाएको छ ।