२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

भैरहवामा एकदिने उद्घोषण तालिम सम्पन्न 

मंगलवार , आश्विन ५, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ५ असोज ।
    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी र लियो क्लब अफ होलिसिटी, भैरहवाको संयुक्त आयोजनामा भैरहवामा एकदिने उद्घोषण तालिम (मास्टर अफ सेरेमोनी टे«निङ) सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ एडभाइजर धर्मराज श्रेष्ठले यस्ता तालिमले बोल्ने क्षमताको विकास गर्ने बताए । 

    कार्यक्रममा लायन्स क्लब अफ होलसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठ, पूर्व अध्यक्ष संगम न्यौपाने, वर्ष २०२१÷२२ का अध्यक्ष राकेश गुरुङ, द्वितीय उपाध्यक्ष सुमन शर्मा, जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवाली, लियो एरिया–४ का चिफ सुमन अधिकारी, लियो क्लब अफ होलिसिटी, भैरहवाका निवर्तमान अध्यक्ष प्रतिक भण्डारी लगायतले बोलेका थिए । 

    लायन्स लुम्बिनी क्रियटिभ लेडी वर्ष २०२१/२२ का अध्यक्ष मन्जु शर्मा रेग्मी र लियो होलिसिटी, भैरहवा वर्ष २०२१/२२ का अध्यक्ष आकाश पौडेलको अध्यक्षता, सम्झना भण्डारी, अनमोल धितालको संयोजकत्व तथा सविता तुलाधर र दिव्या क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तालिममा प्रशिक्षकद्वय लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डे र जोन चेयरपर्सन रचना क्षेत्रीले सहजीकरण गरेका थिए ।