
मंगलवार , आश्विन ५, २०७८
नवलरासी, ५ असोज ।
पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ अन्तर्गत रहेको जनजागृति आधारभुत विद्यालयको चारकोठे भवन एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ढकालको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
चारकोठे भवनको शिलान्यास गर्दै प्रमुख अतिथि जिसीले शिक्षालाई सर्वसुलभ गराएर अगाडि बढ्नुपर्ने समयको माग बमोजिम विद्यालयलाइ स्तरउन्नति गर्दै लैजाने धारणा राखे । विद्यालयकै प्रधानाध्यापक चन्द्रकला कार्कीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत १८ लाख र जिल्ला समन्वय समिति तथा विनयी त्रिवेणी गाउँपालिकाबाट १५ लाख गरी कुल ३३ लाखको लागतमा भवन निर्माण गरिने जानकारी दिए ।
कार्यक्रममा विद्यालय समितिका पदाधिकारी शिक्षक, अभिभावकको उपस्थिति रहेको शिक्षक मदन बहादुर जिसीले जानकारी दिए । शिलान्यास भएका भवन दुई वर्षभित्र नै सम्पन्न गरिने पनि विद्यालयले जनाएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij