२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा सरावलमा ज्ञापनपत्र

सोमवार , आश्विन ४, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • नवलपरासी र ४ असोज । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अखिल नेपाल महिला संघ  (क्रान्तिकारी) सरावल गाउँ समिति नवलपरासी द्वारा सरावलमा ज्ञापनपत्र बुझाएको छ । १२ बुदे माग तुरुन्त कार्यान्वयन गर्नका लागि समितिका संयोजक सोना चौधरिको नेतृत्वमा महिलाहरुले ज्ञापन पत्र बुझाएका छन् । 

    सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरिको अनुपस्थितिमा उपाध्यक्ष उत्तमा रायलाई ज्ञापनपत्र बुझाउदै महिलाहरुले १२ बुदे माग तुरुन्त कार्यान्वयन गर्ने माग समेत गरेको थिए । साथै महिलाहरुले ज्ञापनपत्र बुझाउदै निम्नलिखित मागहरु तुरुन्त कार्यान्वयन गर्न माग गरेका हुन् । 

    १) स्वस्थ्य समस्य (अस्पताल ,स्वास्थ चौकि) र शिक्षण संस्था (विद्यालय) को वरपर निश्चित दुरिसंम  धुम्रपान,मध्यपान,जुवातास निशेधित गरियोस ।

    २) माध्यमिक तहसम्म किशोरी मैत्री बाताबरण बनाउन किशोरीहरुलाई अराम कक्ष शौचालयको ब्यवस्था सेनेटरि प्याडको सहज ब्यवस्था गरियोस् ।

    ३) सरावल गाउँपालिका भित्र रहेको माध्यमिक विद्यालयमा एक-एक जना स्टाफ नर्सको ब्यवस्था गरियोस् ।

    ४) आमाको नामबाट नागरिकता प्राप्त गर्ने सहज बाताबरण निर्माण गरियोस् ।

    ५) छोरा सरह छोरिलाई पैत्रिक सम्पतिमा समान अधिकारको ब्यवस्था लागू गरियोस् ।

    ६) लैङ्गकि उत्तरदायी बजेट १० प्रतिशतको व्यवस्था गरि जनचेतना ,तालिम ,सीप सिकाई आदिमा प्रयोग गरियोस् ।

    ७) सरावल गाउँपालिकालाई महिला हिंसा मुक्त पालिका घोषणा गरियोस् ।

    ८) प्रत्येक स्थानीय तहमा अल्पकालीन सुरक्षित गृह ९ सेफ हाउस ० को व्यवस्था गरियोस् ।

    ९) सबै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाईयोसे् ।

    १०) हिंसा पिडित महिलाहरुको लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था मिलाईयोस् । 

    ११) छोरिका लागि जन्मेपछि बैंक खाताको व्यवस्था र माध्यमिक शिक्षा सम्म निशुल्क शिक्षाको व्यवस्था मिलाईयोस् । 

    लगाएतको ११ बुदे माग तत्काल कार्यान्वयन गर्न माग गरेका थिए ।