२०८३, कार्तिक १ गते

Oct 17 2026 | २०८३, कार्तिक १ गते

‘प्यारो देश नेपाल’ गीतको भिडियो सार्वजनिक

शनिवार , कार्तिक १, २०८३

  • 229
    Shares
  • 229
    Shares
  • रुपन्देही, ३१ असोज । घनश्याम अग्रहरीको रचना, संगीत र स्वरमा सजिएको ‘प्यारो देश नेपाल’ गीतको भिडियो एक कार्यक्रमबीच देवदहको खैरेनीमा शनिबार सार्वजनिक भएको छ । 

    उक्त गीतको भिडियो सार्वजनिकीकरण गर्दै प्रमुख अतिथि देवदह नगरपालिकाको उपप्रमुख विद्यालक्ष्मी गुरुङले घनश्यामको देशभक्तिपूर्ण गीतले सबैको भावना समेटेको बताउनुभयो । उहाँले मायापिरतिको जस्तो राष्ट्रभक्ति गीत भाईरल नहुने बताउँदै देशभक्ति गीतले देशप्रतिको स्नेह, माया र सद्भाव प्रकट गर्ने सुनाउनुभयो । हिमाल, पहाड र तराईको भूगोलमात्र नभइ गीतले सबै जातजाति र भाषाभाषीको भावनालाई समेत समेटेको उल्लेख गर्नुभयो । 
    देवदह निवासी घनश्यामको उक्त गीत र भिडियोले देवदहको ऐतिहासिकता र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास प्रकट गर्नुभयो । 

    सो कार्यक्रममा चर्चित कलाकार तेजु अर्यालले घनश्यामको राष्ट्रभक्ति गीतले आफ्नो हृदय छोएको र सबैको छुने बताउनुभयो । साहित्यकार दलबहादुर गुरुङले राष्ट्रभक्तिपूर्ण गीतको खडेरीमा घनश्यामको गीतले शीतको थोपाको रुपमा काम गर्ने बताउँदै संस्कृति, संस्कार र साहित्यबिनाको सामाजिक विकास कोरा कल्पना हुने औल्याउनुभयो । 

    त्यसै गरी गीतको छायांकन, सम्पादन र निर्देशन गर्नुहुने मनीष पन्थले घनश्यामको राष्ट्रभक्ति गीतले देवदहसहित समग्र देशको भूगोल, भावना र भाषालाई सम्बोधन गर्ने विश्वास राख्नुभयो । 

    WhatsApp Image 2026-10-17 at 9.12.06 PM (1).jpeg

    कार्यक्रममा संगीतकर्मी दया दर्लामी, कलाकार अञ्जु श्रेष्ठ, साहित्यकार यज्ञप्रसाद न्यौपाने, शिक्षाप्रेमी शिला मल्ललगायतले गीत र भिडियोले सबैलाई मोहित बनाएको चर्चा गर्नुभयो । 

    गीतका सर्जक घनश्याम अग्रहरीले आफ्नो गीतलाई सबैले हेरेर, सुनेर पृष्ठपोषणसहित सामाजिक सञ्जालहरुमा शेयर गरिदिनुहुन सबैसँग अनुरोध गर्नुभएको छ । उक्त गीतको भिडियोलाई श्रीनगर फिल्मसको युट्यूब च्यानलबाट प्रस्तुत गरिएको छ ।