२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

कमल परियारको नेतृत्वमा लियो प्रोग्रेसिभ सिद्धार्थनगर स्थापना हुने

सोमवार , आश्विन ४, २०७८

भैरहवा, ४ असोज । 
लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरको स्पोन्सरमा स्थापना हुन लागेको लियो क्लब अफ प्रोग्रसिभ सिद्धार्थनगरको व्यानर उद्घाटन गरिएको छ । भैरहवामा आयोजित एक कार्यक्रमकाबीच लियो प्रोग्रसिभ सिद्धार्थनगरको व्यानर उद्घाटन गरिएको हो । कमल परियारको अध्यक्षतामा लियो प्रोग्रेसिभ सिद्धार्थनगर गठन गरिने लायन्स प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधनले बताए ।

प्रस्तावित क्लबको प्रथम उपाध्यक्षमा राहुल रेग्मी, द्वितीय उपाध्यक्षमा विवेक भण्डारी, तृतीय उपाध्यक्षमा भरत कार्की, सचिवमा खड्क बहादुर सुनार, कोषाध्यक्षमा आशिष श्रेष्ठ, सह–सचिवमा संजय अधिकारी र सह–कोषाध्यक्षमा सुस्मिता वि.क.रहेका छन् ।

त्यस्तै जनसम्पर्क अधिकारी (पीआरओ)मा सागर न्यौपाने, टेल ट्वीष्टरमा अंकित आचार्य, टेमारमा सुन्दर केसी, निर्देशकमा करुणा लम्साल, अनुज पन्थी, गंगा जैसवाल, अलिशा आचार्य, सन्तोष कार्की रहेका छन् ।  त्यस्तै हेल्थ कमिटी चेयरपर्सनमा सृष्टि पछाई, स्पोटर्समा ध्रुव पन्थी, एटेन्डेन्समा मनोज वनिया, कम्युनिटी बेटरमेन्टमा पुजा सोनम, ड्रग अवरनेसमा पुर्ण गुरुङ, मेम्बरसिप ग्रोथमा गणेश पोखरेल, प्रोजेक्टमा रोहित सिंह, फाइनान्समा सुनिल खनाल, वुमन एण्ड चाइल्ड वेल्फेयर चेयरपर्सनमा नविना पोखरेल रहेका छन् । त्यस्तै क्लबको सदस्यहरुमा मिलन थापा, राजन अर्याल, शिल्पा क्षेत्री, सिर्जना पछाई, रिया शाह ठकुरी, किरन कुंवर, एलिना आचार्य, निर्मलराज शाही, नंदनी भण्डारी, हार्दिक पौडेल, टीकाराम पौड्याल, अनिश सिंक कार्की, ऐश्वर्या गुरुङ, कमल घिमिरे, रमन राना, संगम ज्ञवाली, प्रिया क्षेत्री, रंजिता सुनुवार, गोकुल घिमिरे र विजय अर्याल रहेका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेको प्र्रमुख आतिथ्यता, लियो डिष्ट्रिक ३२५ बी २ नेपालका उपाध्यक्ष एमडी न्यौपाने, लायन्स ३२५ बी २ नेपालका को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठको विशिष्ट आतिथ्यता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरी, अभिनव मयुर कसौधन, रचना क्षेत्री, महेश नेपाल, तनु शर्मा कसौधन, कृतेश श्रेष्ठ, रोकश गुरुङ, गोपाल ज्ञवाली, मंगल भण्डारी, सरोज कंडेल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

राहुल रेग्मीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संजोगराज तिवारीले गरेका थिए ।