२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

संविधान दिवसको अवसरमा भैरहवामा दीप प्रज्वलन

आइतवार , आश्विन ३, २०७८

भैरहवा, ३ असोज ।
संविधान दिवसको अवसरमा आइतबार भैरहवामा दीप प्रज्वलन गरिएको छ । २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको दिनमा प्रत्येक वर्ष संविधान दिवस मनाइन्छ । युवा समाजसेवी राजन शुक्लाको नेतृत्वमा भैरहवास्थित पिपरहिया चोकमा दीप प्रज्वलन गरिएको स्थानीय दुर्गा प्रसाद कान्दुले बताए । संविधान दिवसको अवसर पारेर पिपरहिया चोकमा मैनबत्ती बालिएको कान्दुले जानकारी दिए । 

कार्यक्रममा समाजसेवी रविकान्त उपाध्याय, कमलेश उपाध्याय, पिन्टु वनिया, प्रबिन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

IMG_4432.JPGIMG_4426.JPGIMG_4428.JPG