२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानमा सापु रोगका बारेमा प्रशिक्षण कार्यक्रम

आइतवार , आश्विन ३, २०७८

भैरहवा । लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा आँखामा लाग्ने सापु  रोगका बारेमा  प्रशिक्षण कार्यक्रम भएको छ ।

नेपाल नेत्र सहायक परिवार इकाइ लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको आयोजनामा शुक्रबार सो कार्यक्रम भएको थियो । कार्यक्रममा सापु रोगका बारेमा प्रा,डा,ज्ञानेन्द्र लामिछानेले प्रस्तुतिकरण गरेका थिए । अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले सापु रोगका बारेमा अस्पतालले गरेका  कामको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रा.डा.ज्ञानेन्द्र लामिछाने, प्रकाश रायमाझी, दामोदर पराजुली, बालकृष्ण पाण्डे, सुसन नकर्मी, अस्पतालका सम्पुर्ण नेत्र सहायक र अप्टोमेट्री, त्यस्तै बुटवल लायन्स आँखा अस्पताल इकाइका नेत्र सहायक र अप्टोमेट्रीको सहभागिता थियो ।

कार्यक्रमको संचालन   नेपाल नेत्र सहायक परिवार इकाइका अध्यक्ष सुसन नकर्मीले गरेका थिए । कार्यक्रम सन फार्माको आर्थिक सहयोगमा होटल पौवामा भएको र कार्यक्रममा सहभागिले आ आफनो भनाइ राखेको अस्पतालका सुचना अधिकारी प्रतिक पाण्डेले जानकारी दिए ।

 

के हो सापु  रोग ?

यो आँखामा लाग्ने एकदमै खतरनाक रोग हो  । यो रोग सेतो पुतलीबाट सर्ने गर्दछ । सापु रोगले आँखा रातो बनाउँने, उज्यालो हेर्न गाह्रो हुने, कालो भागका बीचमा सेतो देखिने र  छोटो अवधिमै आँखाको ज्योति कम हुनेगर्दछ ।   सापु रोगका कारण आँखाको ज्योती गुम्ने समेत खतरा हुने गर्दछ ।

sapu-eye-scaled.jpg