
बिहिवार , आश्विन ८, २०७७
भैरहवा, ८ असोज ।
लगातारको वर्षाको कारण दानव नदीको पानीको बहाव बढ्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्थापुरका घरहरु भत्किएको छ । बाढीले भर्थापुरवासीको घरमा पानी समेत पसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भर्थापुरनिवासी भुराहु धुनिया, तिलक धुनिया, कुमार मल्लाह र अजित धुनियाको फुसले छाएको कच्ची घर भित्र पानी पसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।
त्यस्तै सोही स्थानका राधेश्याम मल्लाहको फुसले छाएको र उद्धव मल्लाहको माटोको देवाल भएको घरको पश्चिमतर्फको वाल भत्किएको खत्रीले जानकारी दिए । त्यसै गरी अजय मल्लाहको माटोको देवाल भएको फुसले छाएको कच्ची घर भत्किएको प्रहरीले जनाएको छ ।
घरहरुमा डुवान र भत्किएको भन्ने जानकारी पाउनासाथ उद्दारका लागि प्रहरी टोली खटिएको र मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij