२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

विश्वकर्मा पूजा मनाइँदै

शुक्रवार , आश्विन १, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १ असोज । 
    आज देश भरीका विभिन्न क्षेत्रमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ। प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू परम्परा छ।

    पर्वका अवसरमा आज विभिन्न मेसिरेनरी पाट्र्सका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ। पर्वका अवसरमा ज्यावलबाट सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान÷पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गर्ने  परम्परा छ।

    पर्वका अवसरमा सेताम्य फुलेको आकृतिका अविश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक÷चोकमा स्थापित गरिएका छन। झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चार हातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएको प्रतिमामा देखिन्छ। धेरैजसो ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला आयोजना गरिएका छन।

    सृष्टिकर्ता ब्रह्माका पुत्र मानिने विश्वकर्माको पूजाआराधनाले ज्यावलमा खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ। विश्वकर्मा राजा इन्द्रको सभाका विशिष्ट शिल्पकार मानिन्छन।