२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

रोट्रयाक्ट भैरहवाद्वारा बालबालिकालाई लुम्बिनी भ्रमण तथा रात्रीभोज

बुधवार , भाद्र ३०, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ३० भदौ ।
    राष्ट्रिय बाल दिवस–२०७८को अवसर पारेर रोट्रयाक्ट क्लब अफ भैरहवाले सिद्धार्थ बाल गृहका बालबालिकालाई मंगलबार लुम्बिनी भ्रमण तथा तथा रात्री भोज कार्यक्रम गरेको छ । भ्रमण तथा रात्रीभोज कार्यक्रममा १८ जना बालबालिकाहरु सहभागि भएको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष अंकित पौडेलले बताए । ‘कोरोना महामारीका कारण लामो समयदेखि बालबालिकाहरु बाहिर जान नसकेकाले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गराइएको हो,’ पौडेलले भने ।

    कार्यक्रम संयोजक पौडेलको जन्मदिनको समेत अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष लक्ष्मण रेग्मीले बताए ।

    लुम्बिनी भ्रमण पश्चात लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा पुगेर रात्रीभोज कार्यक्रम गरिएको क्लबका सचिव आशिक श्रेष्ठले बताए । 

    कार्यक्रममा रोट्रयाक्ट क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिष्ट्रिक ३२९२ नेपाल–भुटानका डीआरआर इन्भोय प्रकाश शर्मा, क्लबका निवर्तमान अध्यक्ष सरिता राना लगायतको उपस्थिति रहेको थियो ।

    02 IMG_4764.jpg