images
images

सोमवार, जेठ ७ गते २०८१

लायन्स क्लब अफ बुटवल स्टार्समा पदस्थापना

लायन्स क्लब अफ बुटवल स्टार्समा पदस्थापना

images
images
images
मंगलवार, भाद्र २९ २०७८
मंगलवार, भाद्र २९ २०७८
  • लायन्स क्लब अफ बुटवल स्टार्समा पदस्थापना

    बुटवल, २९ भदौ ।
    लायन्स क्लब अफ बुटवल स्टार्सको अवार्ड सेरोमनी, पदस्थापना तथा चार्टर नाईट र डाईरेक्ट्री बिमोचन कार्यक्रम गरिएको छ । नयाँ वर्ष २०२१/०२२ का लागि चयन भएका अन्जिल खान नेतृत्वको समूहलाई अघिल्लो वर्षका सुशिल पाण्डको नेतृत्वको टिमले पदस्थापना गरेको हो । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका गभर्नर राम प्रसाद भट्टले स्टार्सको सक्रियता र छोटो समयमा अनुकरणीय कार्यहरु गरेको भन्दै प्रशंसा गरेका थिए । क्लब लायन्सको सिद्धान्त अनुरुप चलिरहेको उनले बताए । 

    कार्यक्रममा विशिष्ट अतिथि लायन्स डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, पाष्ट डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, अरुण प्रताप राणा, डिष्ट्रिकका विभिन्न पदाधिकारीहरु विभिन्न क्लबका अध्यक्षहरु लगायतले शुभकामना मन्तव्य गरेका थिए । 

    त्यस्तै कार्यक्रममा नेपाल अभिनाश अनाथ आश्रम कोटिहवामा रहेका २५ जना बालबालिकाहरुको स्वास्थ्य बीमालेख आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीलाई प्रमुख अतिथि राम प्रसाद भट्ट र क्लबका अध्यक्ष अन्जिल खानले हस्तान्तरण गरेका थिए । 

    त्यस्तै २०१९/०२० मा सामाजिक कार्यमा संयोजक लिइ सहयोग गर्ने सदस्यहरुलाई निवर्तमान अध्यक्ष सुशिल पाण्डेले मायाको चिनो प्रदान गरेका थिए भने कार्यक्रमलाई सभ्यभव्य बनाउन प्रथम उपाध्यक्ष विजय कुमार वर्नवालको संयोजकमा होटल तथा हल व्यवस्थापन द्वितीय उपाध्यक्ष भुपेन्द्र अर्यालको संयोजकमा पोशाक र तृतीय उपाध्यक्ष विश्वजित कसौधनको संयोजकमा क्लबको पहिचान डाइरेक्ट्री संयोजन गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij