
मंगलवार , भाद्र २९, २०७८
भैरहवा, २९ भदौ ।
नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत सञ्चालित आँखा अस्पताल तथा जिल्ला अस्पतालहरुको वार्षिक समीक्षा एवं कार्ययोजना तर्जूमा गोष्ठी मंगलबार सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको आयोजनामा गोष्ठी लुुम्बिनीस्थित लुम्बिनी बौद्व गार्डेनमा सम्पन्न भएको हो ।
लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको सभापतित्व, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योती संघका केन्द्रीय अध्यक्ष प्रा. डा. चेतराज पन्त, केन्द्रीय महासचिव भरतबहादुर चन्द, लुम्बिनी बौद्व विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, कञ्चन गाउपाँलिकाक अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यसमितिका पदाधिकारी, जिल्ला शाखाका अध्यक्ष तथा पाल्पा लायन्स लाकौल आँखा अस्पतालका डा. विनोद निता कंडेल, आँखा अस्पताल, तौलिहवा सेकेण्डरी आँखा अस्पताल, कृष्णनगर शाखा आँखा अस्पताल, प्युठान आँखा उपचार केन्द्र, अर्घाखाँची आँखा उपचार केन्द्र, गुल्मी आँखा उपचार केन्द्रका सभापति, मेडिकल डाईरेक्टर, अस्पताल व्यवस्थापक, क्लिनिक इञ्चार्जहरु, बाह्य कार्यक्रम संयोजक, सेवा फाउण्डेशनका प्रोग्राम डाईरेक्टर राम प्रसाद कंडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागि सम्पूर्ण अस्पताल तथा आँखा उपचार केन्द्रका प्रतिनिधिहरुले आर्थिक वर्ष २०७७÷२०७८ मा सम्पन्न गरेका कार्यहरु तथा आर्थिक पक्षको को बारेमा जानकारी तथा आउने दिनहरुमा गर्ने कार्यक्रमहरुबारे पनि उपस्थित सबैमा जानकारी गराएका थिए ।
नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij