images
images

सोमवार, जेठ ७ गते २०८१

राष्ट्रिय बाल दिवसको अवसरमा वृक्षारोपण तथा पुरस्कार वितरण

राष्ट्रिय बाल दिवसको अवसरमा वृक्षारोपण तथा पुरस्कार वितरण

images
images
images
मंगलवार, भाद्र २९ २०७८
मंगलवार, भाद्र २९ २०७८
  • राष्ट्रिय बाल दिवसको अवसरमा वृक्षारोपण तथा पुरस्कार वितरण

    भैरहवा, २९ भदौ ।
    राष्ट्रिय बाल दिवस–२०७८ को अवसरमा नेपाल बाल संगठन जिल्ला कार्यसमिति, रुपन्देहीले वृक्षारोपण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । संगठनले गत भदौ १८ गते बुटवलमा आयोजना गरेको चित्रकला, कविता वाचन तथा बालगीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने बालबालिकालाई मंगलबार पुरस्कार वितरण गरेको हो । त्यस्तै संगठनले प्रतियोगितामा सहभागि विद्यालयलाई प्रमाणपत्र वितरण गरेको छ ।

    images
    images
    images

    मंगलबार बुटवलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बाल संगठनमा नयाँ नेतृत्व आएपछि बाल संगठन छ भन्ने अनुभुति भएको बताए । उनले बालबालिका पढाइमा कमजोर भए भन्दैमा फेल गराउँदै जाने र रुची भएको क्षेत्रमा प्रोत्साहन नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । उपमहानगर प्रमुख सुवेदीले बालबालिकाको प्रतिभाको पहिचान गर्दै जानुपर्ने र त्यसो गरे सबै विधामा मुलुक अगाडी बढ्ने बताए । उनले २०७४ असार २१ गते भन्दा अगाडी र त्यसपछिको अन्तरालमा बुटवलमा भएका विकासका कामहरु ‘गुगल सर्च’ गर्दा पनि स्पष्ट रुपमा जानकारी पाउन सकिने बताए । उनले जनतासामु वाचा गरेका कुरा पुरा गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘भएका कामहरुबारे प्रतिक्रियाका साथै निगरानी गर्नुहोस् ।’

    शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवालीले नेपाल बाल संगठन रुपन्देहीले विभिन्न रचनात्मक कार्य गरेको बताइन् । उनले संगठनले गरेका कार्यक्रमहरुले बालबालिकाहरुमा रहेका प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने बताइन् । 

    नेपाल बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारीले बाल संगठनलाई हेर्ने दृष्टिकोण फरक हुन नसकेको गुनासो गरे । उनले भने, ‘हाम्रो कामबाट संगठनको परिचय स्थापित गर्नेछौं ।’अध्यक्ष भण्डारीले स्थानीय सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले २०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको बताए ।

    श्री बाल मन्दिर आधारभूत विद्यालय भैरहवाका प्रधानाध्यापक धन थापाको स्वागत तथा बाल संगठन रुपन्देहीका सचिव कल्पना पाण्डे मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    राष्ट्रिय बाल दिवसको अवसर पारेर संगठनले मंगलबार भैरहवा र बुटवलमा रहेको बाल मन्दिर परिसरमा वृक्षारोपण गरेको संगठनका रुपन्देही जिल्ला सदस्य सुनिल खनालले जानकारी दिए । बुटवल उपमहानगरपालिका, देवदह, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिका, कञ्चन, शुद्धोधन, सियारी गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति, रुपन्देहीको समन्वयमा कार्यक्रम भएको हो ।

    IMG_3923.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij