२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

बाघ आतंक : बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा यात्रा गर्न रोक लगाइयो

मंगलवार , भाद्र २९, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमै पाटेबाघले मान्छे मार्न थालेपछी अहिले स्थानीयबासी,पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरु त्रसित बन्दै आएका छन् । पाटेबाघको राजमार्ग मै  चहलपहल बढेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ । 

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत् निकुञ्जको कोहलपुर(शिवखोला सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म साँझ ७ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको बाँके प्रशासनले जनाएको छ । अन्य समयमा पनि निकुञ्जद्वारा तय गरिएको व्यवस्था अनुसार सुरक्षित यात्रा गर्न भनिएको छ । 

    केही दिन यता निकुञ्जको सिक्टा(कुसुम सडकखण्डमा पाटेबाघको चहलपहल बढिरहेकाले सुरक्षित साथ बस्न प्रशासनले आग्रह गरेको छ । बाघ बस्तीमा पस्न सक्ने र आक्रमण गर्ने जोखिम रहेकाले आम नागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुनबाण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्ती सहितको प्राविधिक टोलीबाट नियमितरुपमा पाटेबाघको निगरानी गरिँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले बताए।