images
images

शुक्रवार, जेठ ४ गते २०८१

राष्ट्रिय बाल दिवसको अवसरमा बाल मन्दिरमा वृक्षारोपण

राष्ट्रिय बाल दिवसको अवसरमा बाल मन्दिरमा वृक्षारोपण

images
images
images
मंगलवार, भाद्र २९ २०७८
मंगलवार, भाद्र २९ २०७८
  • राष्ट्रिय बाल दिवसको अवसरमा बाल मन्दिरमा वृक्षारोपण

    भैरहवा, २९ भदौ ।
    ५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल बाल संगठन जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा वृक्षारोपण कार्यक्रम गरेको छ । संगठनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित श्री बाल मन्दिर आधारभूत विद्यालय परिसरमा वृक्षारोपण गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बालमन्दिरलाई राम्रोसंग अगाडी बढाउन लाग्ने बाल संगठनलाई धन्यवाद व्यक्त गरे । उनले विगतका वर्षहरुमा धुमधामका साथ बाल दिवस मनाइए पनि यो वर्ष कोरोना भाइरस संक्रमणको जोखिमको कारण सीमित उपस्थितिमा कार्यक्रम गरिएको बताए । सहायक प्रजिअ पौडेलले समय परिस्थिति अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिए । वृक्षारोपण पनि सन्देशमूलक कार्यक्रम रहेको उनको भनाइ थियो । बाल संगठनको कार्यक्रममा स्थानीय प्रशासनको सहयोग रहने उनले बताए ।

    IMG_3918.JPG

    नेपाल बाल संगठन जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष साजन भण्डारीले नेपाल बाल संगठनलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले संगठनले बाल मन्दिर सञ्चालनका साथै अब सडकसडकमा जानुपर्ने बताए । उनले बालबालिकाका लागि बनाइएका संरचना बालबालिकाकै हितमा प्रयोग गर्नुपर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले बालमन्दिरको विकासमा स्थानीय सरकारको ध्यान जानुपर्ने बताए । उनले साजन भण्डारी नेतृत्वको टीमले बाल मन्दिरको विकासमा ध्यान दिएर काम अगाडी बढाएको बताए । वडा सदस्य ठकुरीले बाल मन्दिरलाई अगाडी बढाउन हातेमालो गरेर अगाडी बढ्ने बताए ।

    श्री बाल मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक धन थापाको स्वागत तथा नेपाल बाल संगठन रुपन्देहीका सचिव कल्पना पाण्डे मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बाल मन्दिर परिसरमा २२ वटा विरुवा रोपिएको बाल संगठन रुपन्देहीका सदस्य सुनिल खनालले जानकारी दिए । 

    IMG_3933.JPGIMG_3924.JPGIMG_3927.JPGIMG_3894.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij