२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, २ जना घाईते

मंगलवार , भाद्र २९, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल । ट्रकको ठक्करबाट कपिलवस्तुमा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिए ।

    पूर्वबाट पश्चिमतर्फ जादै गरेको ग १ त ५६०३ नम्बरको ट्रकले ठक्कर दिँदा वडा नम्बर ८ ढोडेकोल बस्ने १५ बर्षीय सुदिप थारुको ज्यान गएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिए।

    ट्रकको ठक्करबाट सोही स्थानका कमल चौधरी र सुशील चौधरी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा अहिले उपचार भईरहेको छ ।

    उनीहरुको अवस्था समान्य रहेको र ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराले जानाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।