२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

ट्रकले बसलाई ठक्कर दिदाँ तिन जनाको मृत्यु

मंगलवार , भाद्र २९, २०७८

नवलपुर ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको गैंडाकोट (१) स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ ।

बिहान करिव ४ बजे काकँडभित्ता देखि महेन्द्रनगर तर्फ जादैँ गरेको सु.प्र. ०२-००१  ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं को ट्रक एकआपसमा ठक्कर खादा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसी दिलिप कुमार गिरीले जानकारी दिए । मृतकहरुको परिचय खुल्न बाँकी रहेको गिरीले बताए ।

दुर्घटनामा बस सडक देखि अं.१० फिट तल खस्दा ट्रक चालक र बस चालक सहित  २७ जना घाँईते भएका थिए । उपचारको लागि चितवन पठाइएकोमा तिनको मृत्यु भएको र ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी गिरीले बताए ।
उनको अनुसार घाइते मध्ये १६ जना मध्यम र ५ जना सामान्य अवस्थामा रहेका छन् । उनिहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।