images
images

शुक्रवार, जेठ ४ गते २०८१

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष

images
images
images
सोमवार, भाद्र २८ २०७८
सोमवार, भाद्र २८ २०७८
  • भेरी अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष

    कोहलपुर, २८ भदौ ।
    बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोहीअनुसारको प्रतिवेदन बुझाएको छ ।

    images
    images
    images

    भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम दाह संस्कार गर्ने क्रममा मृतक शिशुको दुवै हातमा दुई आमाको ट्याग लागेको देखिएको थियो । सो घटनामा एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव भेरी अस्पतालमा मै फर्काएर आन्दोलन सुरु गरेका थिए । त्यसपछि घटनाबारे छानबिन गर्न समिति बनाउने, शिशुको डिएनए परीक्षण गर्ने लगायतका विषयमा सहमति भएपछि पीडितका आफन्तले सहमतिमा आन्दोलन रोकेका थिए ।

    छानबिन समितिले स्वास्थ्यकर्मीले लापरवाही गरेको निष्कर्षसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाउँदै यस्ता गल्ती नदोहो¥याउन अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीलाई सचेत बनाएको छ । एनआइसीयूमा एउटा बिरामी बच्चाका साथ एउटा स्वास्थ्यकर्मी खटाउन पनि समितिले सुझाव दिएको छ ।

    समितिले बिरामीलाई गर्नुपर्ने व्यवहार स्वास्थ्यकर्मीबाट हुन नसकेको भन्दै त्यसलाई सुधार्न पनि भनेको समितिका सदस्य वसन्त गौतमले जानकारी दिए । बालरोग विशेषज्ञ डा. रोमा बोहराको नेतृत्वमा छानबिन समितिले दुई हप्ता लगाएर प्रतिवेदन बुझाएको हो । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij