
बिहिवार , आश्विन ८, २०७७
अर्घाखाँची । तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ दहखोलामा पहिरो जादाँ गएराति देखि सडक अवरुद्ध भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिए । उनका अनुसार पहिरो ठुलो गएकाले हटाउने कार्य भईरहे पनि हटाउन समय लाग्ने छ ।
जिल्लाको मुख्य सडक नै अवरुद्व भएपछि अर्घाखाँची हुदै बुटवल हुदै अन्य जिल्ला जाने आम नागरिक तथा उपचार गर्न जानु पर्ने बोकेका बिरामी बोकेका एम्बुलेन्स समेत जान सकेका छैनन । सडक अबरुद्ध हुँदा सामान ढुवानीमा पनि समस्या गर्न, मानिस आवत जावत गर्न आएको छ ।
यस्तै सोही क्षेत्र खाँचीकोट आसपासमा जल तथा मौसम विज्ञान विभागले पछिल्लो ६ घण्टा भारी बर्षा हुने तथा सो क्षेत्र भएर बग्ने साना खोलाहरुमा एक्कासी बाढी तथा कमजोर र भिरालो जमिनमा पहिरो जान सक्ने हुँदा सतर्क रहन आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij