२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सशस्त्र प्रहरीद्वारा नेपालगन्जको जयसपुरबाट  सालकसहित एक जना पक्राउ 

सोमवार , भाद्र २८, २०७८

बुटवल  । सशस्त्र प्रहरीले नेपालगन्ज सिमा नाकाबाट दुर्लभ बन्यजन्तु सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट   सशस्त्र प्रहरी सहायक निरीक्षक गोबिन्द बिहारी शुक्लाको कमान्डमा गएको टोलीले आज बिहान ७ बजे नेपालगन्ज १६ जयसपुर हुँदै भारततर्फ लैजादै गरिएको १४०० ग्राम बराबरको सालकको खपेटासहित विभिन्न सामाग्री बरामद गरेको हो।

सशस्त्र प्रहरीको टोलीले जयसपुर नाकाबाट लुकाईछिपाई संकास्पद तरिकाले भारततर्फ सालकसहित अन्य सामाग्री लैजादै गरेका बार बर्दिया १ बनगाइका २४ बर्षीय नकुल थापा मगरलाई  समेत पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिएका छन् ।

सालकको खपेटा र पक्राउ परेका थापा मगरलाई आबश्यक कारबाहीका लागि आजै डिभिजन बन कार्यालय पठाइएको  सशस्त्र प्रहरी उपरीक्षक बमले बताए। त्यस्तै थापा मगरको साथबाट गस्ती टोलीले रेड मी ९ मोडेलको एक थान मोबाइल सेट, मोबाइल सेटमा प्रयोग गरिएका २ थान सिम, प्रयोग नभएको एक थान सिम, रातो सानो ब्ल्याकेट  एक थान झोला समेत बरामद गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक बमले सिमा नाकामा हुने तस्करी रोक्न कडा निर्देशन दिएका छन् । अहिले सशस्त्र प्रहरीले सिमा नाकामा कडाइ गर्दै धमाधम तस्करीका सामाग्री बरामद गर्दै आएको छ।