२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

रुपन्देहीमा सात लाख बढीको अवैध सामान बरामद

सोमवार , भाद्र २८, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २८ भदौ । 
    रुपन्देहीमा प्रहरीले सात लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालयमातहत रहेका प्रहरी इकाईहरुले विभिन्न स्थानबाट ७ लाख १६ हजार ६ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका छन् ।

    इलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देही मातहत प्रहरी चौकी पोहवा रुपन्देहीबाट खटिएको टोलीले गैडहवा गाउँपालिका–४ मंगल चोकमा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३५ के.जी. जिरा र पास्ता (माइक्रोनी) २ बोरा बरामद गरेको छ ।

    त्यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनी मातहत प्रहरी चौकी शुक्रौली आमाबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–२ लम्तिहवाघाटमा फिक्स र फितावाला सानो ठुलो चप्पल ५० जोर र प्रहरी चौकी कालीदहबाट खटिएको टोलीले १० पिस  कुर्ती, ४ सेट कुकर र ४ पिस स्टील लोटा बरामद गरेको छ ।

    त्यसै गरी ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले मर्चवारी गाउँपालिका–१ सुमेरुगढबाट १२ बोरा भटमास र मर्चवारी–६ दुईमुहानघाटबाट उ.प्र. ५३ बी ३५४३ नम्बरको होण्डा साइन कालो मोटरसाइकल र युपी ५३ बीएल ६०१८ नम्बरको कालो हिरो स्पलेण्डर प्रो मोटरसाइकल गरी २ वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको विभिन्न किटनाशक औषधीहरु, चिनी, मोटरसाइकलको सिट कभर, कुर्था (सुट) गरी मोटरसाइकलसहित बरामद गरेको छ ।

    त्यस्तै ईलाका प्रहरी कार्यालय धकधई रुपन्देही र प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको संयुक्त टोलीले रोहिणी गाउँपालिका–६ विष्णुपुरुवाबाट १५ पेटी (सिटीस्क्यान पेपर), र प्रहरी चौकी मैनिहवा रुपन्देहीवाट खटिएको टोलील सुटको कपडा बरामद गरेको छ ।

    भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।