२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

पूर्वपश्चिम राजमार्गको सुनवलमा निर्माणाधिन बेलिब्रिज भोलिबाट सञ्चालनमा आउने 

सोमवार , भाद्र २८, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • नवलपरासी, २८ भदौ ।
    गत भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा रहेको तुरिया खोलाको पुल भाचिएको स्थानमा निर्माणाधिन बेलिब्रिज भोलि बिहानबाट सञ्चालनमा आउने भएको छ । अविरल वर्षासंगै आएको बाढीका कारण सुनवलमा रहेको तुरिया खोला र देवदहको घोडाहामा रहेको पक्की पुल भाँचिएका थिए । यी दुई खोलामा रहेका पक्की पुलहरु भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा १८ दिनयता सवारीसाधन आवागमन ठप्प भएको छ ।

    तुरिया खोलामा १ हप्ता अगाडिदेखि सुरु भएको बेलिब्रिज निर्माणको काम सोमबार सांझसम्म सकिने र भोलि बिहानबाट सवारीसाधन नियमित सञ्चालनमा आउने बेलिबृज विशेषज्ञ उद्यव राना मगरले बताए । सो खोलामा पानीको बहाव पनि धेरै भएको र खोलाको गहिराई पनि धेरै भएको कारणले डाइभर्सन बनाउनका लागि प्रयाप्त स्थानको अभाव भएको हुँदा भाँचिएको पुलको माथि नै बेलिब्रिज निर्माण गरिएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए ।

    सडक डिभिजन कार्यालय बुटवलको अग्रसरतामा घोडाहा खोलामा अस्थायी रुपले पुरानो पुलदेखि उत्तरतर्फबाट डाईभर्सन निर्माण पुरा गरिएको र सुनवलको तुरिया खोलामा भाँचिएको पक्की पुलकै माथिबाट बेलिब्रिज निर्माणको काम गरिएको मरासिनीले बताए । दोस्रो हप्तादेखि आएको अविरल वर्षाका कारण तुरिया पुल र घोडाहा पुलसंगै सडक विस्तारका क्रममा निर्माण गरिएका आधादर्जन डाइभर्सनहरु बाढीले बगाएको थियो । पुल र डाइभर्सनहरुमा क्षति भएपछि पूर्व–पश्चिम राजमार्ग भएर गुड्ने लामो तथा छोटो दुरीका सवारीसाधनहरुलाई पश्चिम नवलपरासीको भुमहीदेखि भैरहवा बुटवल हँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।