२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

लायन्स सिर्जनशील सिद्धार्थनगरद्वारा वृक्षारोपण

आइतवार , भाद्र २७, २०७८

भैरहवा, २७ भदौ ।
लायन्स क्लब अफ सिर्जनशीलले सिद्धार्थनगर शनिबार भैरहवामा वृक्षारोपण कार्यक्रम गरेको छ । क्लबले सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेको हो ।वातावरण संरक्षणमा वृक्षारोपणले महत्वपूर्ण टेवा पुर्याउने भएकोले विद्यालयमा वृक्षारोपण गरिएको कार्यक्रम संयोजक पुनम यादवले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्रीले वातावरण संरक्षण गर्ने उद्देश्यले विद्यालय परिसरमा वृक्षारोपण गर्नु प्रशंसनीय रहेको बताए ।

क्लबका संस्थापक अध्यक्ष रागिनी जैसवालको अध्यक्षता, विद्यालयका सह–प्राचार्य कमल नेपाल, शिक्षक वृहस्पति शुक्ला, सुनिल कुमार कर्ण, समाजसेवी धनेश्वरी चौधरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शिवा कुमार श्रेष्ठको ध्वजा अभिवादनमा सम्पन्न कार्यक्रमको सञ्चालन रितु वि.क.ले गरेकी थिइन् । विद्यालयमा ५० वटा विरुवा रोपिएको क्लबले जनाएको छ ।