
आइतवार , भाद्र २७, २०७८
भैरहवा, २७ भदौ ।
लायन्स क्लब अफ भैरहवा लुम्बिनीको पद हस्तान्तरण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२०/२१ का अध्यक्ष रवि कुमार रौनियारले वर्ष २०२१/२२ का अध्यक्ष लक्ष्मी केसीलाई पद हस्तान्तरण गरेका हुन् । केसीको नेतृत्वमा गठन भएको वर्ष २०२१/२२ को कार्यसमितिको निवर्तमान अध्यक्षमा रवि कुमार रौनियार, प्रथम उपाध्यक्षमा विजया खत्री, द्वितीय उपाध्यक्षमा तेज केसी, तृतीय उपाध्यक्षमा हुमा न्यौपाने, सचिवमा राजाबाबु क्षेत्री, कोषाध्यक्षमा विरेन्द्र ज्ञवाली, सह–सचिवमा विराज त्रिपाठी र सह–कोषाध्यक्षमा मधु रायमाझी रहेका छन् ।
त्यसै गरी एड्मिनिटे«शन चेयरपर्सनमा विरेन्द्र गुप्ता, मेम्बरसिप चेयरपर्सनमा सालु कुंवर, टेमरमा गुल्सन रौनियार, डाइरेक्टरमा डा. आरिफ हुसेन, विजय कुमार यादव, उदयभान गुप्ता, पवन मिश्रा, बादल शाही, महेश घिमिरे, धिरज अग्रवाल, प्रदिप अग्रहरी र लियो कोर्डिनेटरमा शंशाक घिमिरे रहेका छन् ।
क्लबको फण्ड रेजिंग चेयरपर्सनमा दुर्गा वि.क., टेनिङ कोअर्डिनेटरमा मधु थापा, पब्लिक रिलेशन अफिसरमा ऋषिराम पौडेल, स्पोटर्स चेयरपर्सनमा राकेश यादव, सदस्यमा सिम्पल कवर, पंकज जैसवाल, पंकज कौशल र कृष्ण श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ भैरहवा लुम्बिनी यस क्षेत्रको उत्कृष्ट क्लब भन्ने विश्वास व्यक्त गरे । उनले सेवा भनेको मनबाट आउनुपर्ने बताए । न्यौपानेले बोलेर मात्र सेवा नहुने बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले समाजसेवाले आत्मसन्तुष्टि प्रदान गर्ने बताए । उनले क्लब स्थापना हुनु मात्र ठूलो कुरा मात्र नभइ क्लबलाई दिगो बनाउनुपर्ने बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले रवि कुमार रौनियारको नेतृृत्वमा लायन्स भैरहवा लुम्बिनीले उदाहरणीय कार्य भएको बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डेपुटी चिफ विजय पाण्डेले मनभित्रबाट सेवा जाग्नुपर्ने बताए । उनले मान्छेले के बोल्छ भन्दा पनि के गर्छ भन्ने कुरा महत्वपूर्ण भएको बताए ।
डिष्ट्रिक को–चिफ एडभाइजर विनोद खरेलले रवि कुमार रौनियारको नेतृत्वमा लायन्स भैरहवा लुम्बिनीले उत्कृष्ट कार्य गरेको बताए । उनले आगामी दिनमा पनि राम्रा कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्द प्रसाद गिरीले लायन्स भैरहवा लुम्बिनीले राम्रो काम गरेको बताए । उनले क्लबसंग सहकार्य गर्दै अगाडी बढ्ने बताए । लायन्स भैरहवा लुम्बिनीका गाइड लायन महेश नेपालले क्लबले उत्कृष्ट कार्य भएको बताए ।
क्लबको वार्षिक कार्ययोजना प्रस्तुत गर्दै क्लबका वर्ष २०२१/२२ का अध्यक्ष लक्ष्मी केसीले आफ्नो कार्यकालमा खाद्यान्न वितरण, अभिमुखीकरण कार्यक्रम, कोष अभिवृद्धि कार्यक्रम, डाइरेक्टरी प्रकाशन, लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम, मधुमेह शिविर लगायतका कार्यक्रम गरिने बताए ।
क्लबका निवर्तमान अध्यक्ष रवि कुमार रौनियारले कोभिड–१९ का कारण सोचेअनुरुप काम गर्न नसके पनि भएका कार्यक्रमहरु भने उपलब्धीमूलक रहेको बताए । उनले वर्ष २०२०/२१ मा क्यान्सर सचेतना कार्यक्रम, फूड बैंक, वृक्षारोपण, निःशुल्क भोजन वितरण, बाढीप्रभावितहरुलाई राहत लगायतका कार्यक्रम सञ्चालन गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij