images

मंगलवार, बैशाख २५ गते २०८१

नेपाल औषधी व्यवसायी संघ रुपन्देहीको कार्यशाला

नेपाल औषधी व्यवसायी संघ रुपन्देहीको कार्यशाला

१० लाखको व्यवसायिक हित कोष खडा

images
images
images
शुक्रवार, भाद्र २५ २०७८
शुक्रवार, भाद्र २५ २०७८
  • नेपाल औषधी व्यवसायी संघ रुपन्देहीको कार्यशाला

    बुटवल, २५ भदौ ।
    नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखाको आयोजनामा पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबारदेखि दुईदिने वार्षिक कार्य योजना कार्यशाला तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि तालिम लुम्बिनीमा सुरु भएको छ । गुणयुक्त असरयुक्त जनसुरक्षित औषधिको आपूर्ति हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको संघले व्यवसायीहरुको दक्षता अभिवृद्धि गर्नेसंगै वर्षभरी संघबाट गरिने कार्यक्रमको योजना बनाउने उदेश्यका साथ शुक्रबारदेखि कार्यशाला गरेको हो । नेपाल औषधी व्यवसायी संघ केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले कार्यशालाको उद््घाटन गर्दै व्यवसायसंगै सामाजिक कार्यमा संघको पहिचान भएको बताए । 

    नेपाल औषधी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठले प्रदेश र जिल्लाका सदस्यहरु सहभागि भएको तालिमको मुलभुत उद्येश्य हासिल हुनेमा आशाबादी रहेको बताए । ब्यवसायीको नविकरण र औषधीको मुल्यको विषयमा रहेको समस्या समाधानमा सरकारको ध्यान नगएको उनले दुःखेसो गरे । संस्थागत सम्बन्ध बिस्तारलाई सधै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए । 

    संघका जिल्ला अध्यक्ष सुरज भट्टराईले महिना अघिदेखि प्रि वर्कसप गरेर तयार गरिएको विषयवस्तुलाई तालिम गरिएको बताए । कार्यशालामा व्यवसायिक हित कोष खडा गर्ने समेत उनले बताए । व्यवसायीहरुबाट स्वतस्फूर्त रुपमा सहयोग उठाएर न्यूनतम १० लाखको कोष बनाउने तयारी रहेको उनले बताए ।

    औद्योगिक ब्यवसाय विकास प्रतिष्ठानका मुकुन्द ज्ञवालीले कार्यशालामा सहभागिलाई प्रमुख प्रशक्षिक तथा नेपाल औषधी व्यवसायी संघ केन्द्रीय खुद्रा उपाध्यक्ष राम प्रसाद खरेल, प्रदेश अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार डा. रोहित राज क्षेत्रीले सहजीकरण गरी सहयोग गरेका थिए । 
    कार्यक्रममा लोकहरि श्रेष्ठ, सल्लाहकार अमृत सुवेदी, प्रदेश सदस्य थानेश्वर ज्ञवाली, थानेश्वर अर्याल, विष्णु प्रसाद भट्टराई, वैकुण्ठ कोइराला, प्रभा, विज्ञान श्रेष्ठ, संघका जिल्ला उपाध्यक्ष खड्ग बस्नेतले समाजमा सफलता प्राप्त गर्न व्यवहारिक ज्ञान आवश्यक हुने भन्दै अध्ययनको डिग्रीबाट यो प्राप्त हुन नसक्ने दावी गरे ।

    images
    images
    images

    त्यसै गरी हरेक क्षेत्रमा सदुपयोग महत्वपूर्ण हुने दाबी गर्दै रकम, समय जुनसुकै सदुपयोग हुन सके मात्र त्यसको प्रतिफल आउने उनीहरुको तर्क छ । दुई दिने तालिम आयोजनाका लागि तालिम आयोजनाका लागि संघका कोषाध्यक्ष कृष्ण प्रसाद भट्टराई, सह–कोषाध्यक्ष माधव खनाल, कपिल ज्ञवाली, मुकुन्द ज्ञवाली, गणेश सेढाई, लुम्बिनी परिसर भ्रमण संयोजक केदार नेपाल, अशोक क्षेत्री विभिन्न कार्यहरुमा रहेर तालिम सञ्चालनमा सहयोग गरेका छन ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij