images

मंगलवार, बैशाख २५ गते २०८१

एककरोडको लागतमा शंकरपुरमा मस्जिद र मदरसा निर्माण

एककरोडको लागतमा शंकरपुरमा मस्जिद र मदरसा निर्माण

जुमाको नमाज पढेर मस्जिदको उद्घाटन

images
images
images
शुक्रवार, भाद्र २५ २०७८
शुक्रवार, भाद्र २५ २०७८
  • एककरोडको लागतमा शंकरपुरमा मस्जिद र मदरसा निर्माण

    भैरहवा, २५ भदौ । 
    रुपन्देहीको सिद्धार्थनगर ११ शंकरपुरमा मस्जिदको पुनर्निर्माण भएको छ । २०६२ सालमा निर्माण भएको मस्जिद हाल निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिग्रहणमा परेपछि मदरसासहितको मस्जिद विधिवत रुपमा शुभारम्भ भएको हो । २ कठ्ठा ६ धुर क्षेत्रफलमा करिब एककरोडको लागतमा मदरसा र मस्जिद निर्माण भएको मदरसा अरवियिा अहले सुन्नत नुरुल ओलुमका अध्यक्ष मोहम्मद मुस्तफाले बताए । 

    images
    images
    images

    ‘बाल विकासदेखि कक्षा ५ सम्म पढाइ हुने र एकै साथ २ सय जनासम्म सामूहिक प्रार्थना गर्न सक्ने गरी मस्जिदको निर्माण भएको छ, शुक्रबार जुमाको नमाज पढाएर मस्जिद शुभारम्भ भएको छ अब यहाँ नियमित दैनिक ५ पटक नमाज हुन्छ, अध्यक्ष मुस्तफाले भने ।’ 

    विमानस्थलको मुआब्जा वापत आएको ७० लाख, सिद्धार्थनगर वडा समितिमार्फत आएको ५ लाख र स्थानीय मुस्लिम समुदायको आर्थिक सहायतामा मस्जिद तथा मदरसा निर्माण भएको मदरसा व्यवस्थापन समितिले जानकारी दिएको छ । 

    मस्जिदको निर्माण पश्चात अब शंकरपुरका साथै वरपर धर्मपुर, कचरिहवा आसपासका मुस्लिम समुदायले साम्हिक प्रार्थना गर्न पाउनेछन् । कक्षा ५ सम्म मुस्लिम दिनीयात तालिमसहितको नेपाली पाठ्यक्रममा आधारित शिक्षा मदरसाबाट प्राप्त हुने समितिले जनाएको छ ।

    मस्जिदको मरहरा सरिफका पिरे तरिकत मौलाना शाहिद रजा जैदी र पिरे तरिकत शहजादे मुक्तरुल औलिया मशउद रजा किब्ला वराव शरिफले जुमाको नमाज पढाएर उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै वक्ताहरुले विश्वको सबै भन्दा उत्कृष्ट र शान्त ठाँउ नै मस्जिद रहेको बताए । नमाज पढेर नै आत्माको शान्ति हुनुका साथै, शारीरिक अभ्यास र स्वास्थ्य रहन सकिने उनीहरुले बताए । नमाज सिक्ने र पढ्ने ठाउँ एकै थलोको रुपमा विकास भए पनि यसलाई स्थानीयले प्रयोग गरी संस्कृति र संस्कारको संरक्षण गर्नुपर्ने बताए । करिब ६ महिना अघि शिलान्यास समेत गरेका प्रमुख अतिथि पिरे तरिकत शाहिद रजाले मस्जिद बनाएर मात्र नभई मस्जिदमा नियमित रुपमा धेरै भन्दा धेरै नमाजीहरुको सहभागिता हुनुपर्ने बताए ।

    स्थानीय मौलाना तथा मोलबीहरुको उपस्थितिमा शुभारम्भ भएको मस्जिद निर्माणका लागि अध्यक्ष मोहम्मद मुस्तफा तथा सदस्यहरु मकबुल अहमद, मुस्ताक अहमद, मनौअर अलि, कमरुद्दीन पठान, मोहम्मद शइद शेख, जलालुद्दिन पठान, मोहम्मद युसुफ शेख, इब्राहिम खान लगायतको अग्रसरतामा मस्जिद निर्माण सम्पन्न भइ शुभारम्भ भएको छ ।  

    masjid news (4).JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij