
शुक्रवार , भाद्र २५, २०७८
भैरहवा, २५ भदौ ।
रुपन्देही मर्चवारी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मर्चवारी–३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षिय श्याम सुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ साढे ५ बजे यादवसहित दुईजना खेतबाट घाँस काटेर खेतको आली भएर आउने क्रममा चट्याङ लागेको थियो । उनीसंगै रहेका ११ वर्षिय सन्तोष यादव पनि घाइते भएका छन् ।
त्यसै गरी सोही समयमा मर्चवारी–१ का इन्द्रवती ठाकुर, माया ठाकुर, गौरी ठाकुर र विश्वनाथ ठाकुर पनि चट्याङबाट घाइते भएका मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij