images

शुक्रवार, चैत्र १६ गते २०८०

गुहार माग्दै हुप्सेकोट

गुहार माग्दै हुप्सेकोट

images
images
images
बिहिवार, भाद्र २४ २०७८
बिहिवार, भाद्र २४ २०७८
  • गुहार माग्दै हुप्सेकोट

    नेपालले बिगतमा झैँ यसबर्ष पनि बाढीपहिरोको कारण ठुलो क्षति बेहोर्नु प¥यो।  मेलम्चीको आलो घाउ निको हुन नपाउदै पछिल्लो पटक आएको बर्षाले नवलपरासी जिल्ला लगायत देशका अधिकांश भागमा ठुलो धनजनको क्षति हुनपुग्यो। नवलपरासी जिल्ला, धारापानी टोल वडा न. २ कि बेसरी माया ठेंगाको परिवार अहिले हुप्सेकोट गाउपालिकाको श्री जनता मा. बी. बेलुवाको कक्षा कोठामा रात बिताउन बाध्य छन्। 

    images
    images
    images

    आफ्नो बर्षाै देखि बसोबास गर्दै आईरहेको घर पहिरोमा पुरिए पछि उनले यो अबस्था व्योहोर्नु प¥यो। त्यस्तै वार्ड न. ५ टेटेन टोलकी आइती सरा रजाली मगरको परिवारको पिडा पनि उस्तै छ। भईखाई आएको आफ्नो घरबारी बर्षाले सोत्तर पारिदिए पछि उनको यो हालत भएको हो। अहिले श्री जनता मा.बी. को कक्षा कोठामा १८ घरका करिब ७२ जनाको परिवारले गुजारा चलाउदै आएका छन्। जीन्दगीको गुजारा कसरी चलाउने होला भन्ने चिन्ताले सताएको छ। 

    5.jpg

    सरकारले बिद्यालय खुलाउने निर्यण गरेको छ। आफ्नो घर पहिरोले लगिदियो, कतै ओत लाउने ठाउ छैन,  यी कलिला बालबालिकालाई कुन छहारीमा लगेर राख्ने हो? हुप्सेकोट वडा न. ४, गुरुङ घाटका धन सिङ खाम्चाको गुनासो गर्दै भने। अहिले हुप्सेकोट गाउँपालिकाको ९४ घरका करिब ४ सय ७० परिवारहरु सडकमा पुगेका छन्। पछिल्लो समय आएको बाढीले हुप्सेकोट वडा न. २ मा २ वटा घर, वडा न. ४ मा १५, वडा न. ५ मा २६ घर र वडा न. ६ मा १ घर गरी ४४ घर पूर्ण रुपमा क्षति भएका छन् भने हुप्सेकोट गाउँपालिकाको वडा न. २ को १९ घर, वडा न. ४ को २५ घर र वडा नम्बर ६ को ६ घर गरी ५० घरमा आंशिक रुपमा क्षति पुगेको छ। आंशिक रुपमा क्षति भएपनि त्यस भेगका अधिकांस भागहरुको जमिन चर्किएको कारण त्यस गाउँमा बस्न सक्ने अवस्था छैन। 

    बर्षाका कारण भएको क्षतिबारे हुप्सेकोट गाउँपलिकाकी अध्यक्ष लक्ष्मी पाण्डे भन्छिन, अहिले पछिल्लो पटक आएको बाढीले मेलम्चीको पीडाको झल्को दिएको छ। हुप्सेकोट गाउँपालिकामा बिगत ४ बर्षमा भएको बिकासका कामहरुलाई पूर्णरुपमा क्षति पुराईदिएको उनको भनाई छ। झोलुंगे पुल बगाईदिएको छ, जमिनहरु चर्किएका छन्, ३ जनाको ज्यान नै गएको छ उनले भनीन ‘घरहरु भत्किएका छन्, अपाङ्गता भएका व्यक्ति, महिला र बालबालिकाहरुलाई कसरी संरक्षण गर्ने भन्ने चिन्ताले सताएको छ।’ अहिलेसम्म भएको क्षतिको पूर्ण विवरण आउन बाकि रहेको गाउँपालिकाले जनाएको छ। अहिले गाउँपालिका र गैर सरकारी संस्थाको केहि सहयोगले पिडितलाई केहि राहत वितरण गरिएको छ। तर, यो पर्याप्त छैन्।

    अहिले प्रदेश सरकार, गैर सरकारी संस्थाहरुसंग ९४ घर परिवारको गास, बास र कपासका लागि गुहार माग्दै हिडिरहेकी छु  अध्यक्ष पाण्डेले भनीन सरकारले बिद्यालय खुलाउने निर्णय गरेको छ, अहिले १८ घरका पिडित परिवारलाई बिद्यालयमा राखिएको छ। पिडित परिवारलाई आश्रय दिने ठाउ छैन। 

     ‘उनीहरुका लागि टिनको पाताले बनाएको सामान्य घर मात्र बनाउन सकिए पनि आगामी दिनमा बिद्यालय संचालन गर्न सकिन्थ्यो, अध्यक्ष पाण्डे भन्छिन– कोरोनाको महामारीमा कसरी जोगाउने होला भन्ने अर्को चिन्ताले सताउन थालेको छ।’ 

    _DSC0040.jpg

    अध्यक्ष पाण्डेको भनाईलाई सापटी लिएर भन्ने हो भने, कोरोना भाइरसले थिलथिलो पारिरहेको बेलामा यो विपत्ति आईलाग्नु यो बास्तवमा कहाली लाग्दो अवस्था हो। अहिलेको अवस्था हेर्दा पिडित परिवारहरुलाई सुरक्षित स्थानमा दिगो रुपमा नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ। यसका लागि केन्द्र, प्रदेश र अन्तराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरुको एकिकृत सहयोगको खाचो छ। अहिले तत्काल पिडितहरुको राहतका लागि खाद्यान्न, औषधि, लत्ताकपडाका साथै महिला, बालबालिकाहरुको स्वास्थ्य जांच पहिलो प्राथमिकता हो भने बासको दिर्घकालिन व्यवस्था गर्नुपर्ने दोश्रो प्राथमिकता हो। यसतर्फ सबैको ध्यान जानु पर्दछ। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij