२०८२, मंसिर १९ गते

Dec 05 2025 | २०८२, मंसिर १९ गते

भैरहवा सामुदायिक सिकाई केन्द्रको १४ औं वार्षिक साधारण सभा सम्पन्न

आइतवार , कार्तिक २३, २०८२

  • 961
    Shares
  • 961
    Shares
  • भैरहवा, २३ कार्तिक । भैरहवा सामुदायिक सिकाई केन्द्र (सिएलसी) सिद्धार्थनगर नगरपालिका–६, रुपन्देहीको १४ औं वार्षिक कार्ययोजना तथा साधारण सभा भैरहवामा सम्पन्न भएको छ । साधारण सभामा चालु आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न कार्ययोजना तयार गरी सोही अनुसार कार्यान्यवन गर्ने निर्णय गरिएको सिकाई केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार तिवारीले जानकारी दिनुभयो ।

    कार्ययोजनामा सामुदायिक सूचना केन्द्र स्थापना, टेडीबियर तालिम सञ्चालन, ब्यूटीपार्लर तालिम सञ्चालन, प्रौढ शिक्षा तालिम सञ्चालन, विभिन्न संघ–संस्थाहरुबाट कार्यक्रमहरु माग गरी सञ्चालन र अन्य चेतनामूलक कार्यक्रमहरु गर्ने रहेको छ ।

    भैरहवा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार तिवारीको अध्यक्षता, सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको प्रमुख आतिथ्यता, केन्द्रका कार्यसमिति सदस्य श्रीराम गुप्ताको स्वागत तथा सामाजिक परिचालक सरिता कुमारी पालको सञ्चालनमा सभा सिद्धार्थनगर–६ स्थित श्री पशुपति शिक्षा मन्दिरमा सम्पन्न भएको थियो ।