आइतवार , कार्तिक २३, २०८२
रुपन्देही, २३ कार्तिक । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सभाले अध्यक्ष कृष्ण प्रसाद पोख्रेलद्वारा प्रस्तुत संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपानेद्वारा आर्थिक प्रतिवेदन तथा गोविन्द प्रसाद अर्यालद्वारा प्रस्तुत लेखा प्रतिवेदन तथा आगामी योजनाहरू पारित गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि, निवर्तमान सांसद् तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख बासुदेव घिमिरेले सहकारीलाई मितव्ययी तरिकाले चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीलाई उद्यमशीलता र उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका–१ अध्यक्ष फर्सुराम गिरीले सहकारीका रकम अपचलन गर्नेमाथि राज्य निर्मम हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीका सदस्यहरु पनि सचेत भए अपचलन रोक्न सकिने बताउनुभयो।
कार्यक्रममा सहकारीका सल्लाकार टीकाराम घिमिरेले सहकारी ऐन संशोधन हुन नसक्दा सहकारीका बदमासी गर्नेहरुमाथि कारवाहीमा समस्या परेको भन्दै सहकारीको नीति र सिद्धान्तमा रहेर चलेका सहकारीमा कुनै समस्या नरहेको बताउनुभयो । घिमिरेले सहकारीलाई व्यवस्थित बनाउन यसअघिको सरकारले थुप्रै काम गरेको भए पनि देशमा भएको परिवर्तित परिस्थितिले रोकिएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले सहकारीले गरेका प्रगतिबारे बोल्दै सहकारीका सदस्यहरुलाई व्यवसायिक, आत्मनिर्भर बनाउँदै आगामी दिनमा अझ पारदर्शी ढंगले कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सहकारीका सल्लाकार टीकाराम घिमिरे, गुल्मेली सम्पर्क समाजका अध्यक्ष नारायण प्रसाद पन्थ, सल्लाहकार केशवराज पन्त, लक्ष्मण उपाध्याय, दीप बोर्डिङ हाई स्कूलका प्रधानाध्यापक टीकाराम न्यौपाने, लेखा गोविन्द प्रसाद अर्याल, केदारचन्द्र पराजुली र शारदा अर्याललगायतले बोल्दै सहकारीले आर्थिक अनुशासन पालना गर्दै सदस्यहरुको भावना बुझेर काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन गीता कुमारी भण्डारी खनालले गर्नुभएको थियो । साधारण सभामा असल ऋणी उत्कृष्ट कर्मचारी उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई र शेयर सदस्य नगदसहित सम्मान गरिएको थियो ।
अधिवेशनले नेदिराम ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गीता कुमारी भण्डारी खनाल सचिवमा खुमराज कंडेल र कोषाध्यक्षमा केशवराज पन्थ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा शारदा अर्जेल, यदुनाथ भण्डारी, विष्णुप्रसाद खनाल, श्रीराम भण्डारी र सरस्वती तिवारी पराजुली रहनुभएको छ । अधिवेशनले गोविन्दप्रसाद अर्यालको संयोजकत्वमा सीता अर्याल, बोमलाल भण्डारी सदस्य रहेको लेखा सुपरीवेक्षण समिति पनि गठन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij