
बिहिवार , भाद्र २४, २०७८
बुटवल, २४ भदौ ।
बुटवल सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयले बुधबार हरितालिका तीजको अवसरमा विद्यार्थीहरुवीज अनलाइन तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरुहरुलाई नेपाली कला संस्कृतिको बारेमा जानकारी गराउदै संरक्षण सम्वद्र्धनमा अग्रसर गराउने तथा विद्यार्थीमा रहेको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा माध्यमिक, प्राथमिक र पूर्व प्राथमिक तह गरी तीनै तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
जस अन्र्तगत माध्यमिक तहतर्फको प्रतियोगितामा तृप्ती कुँवर प्रथम, बेला खड्का द्वितीय, सदिक्षा भण्डारी तृतीय र परिधी भुषाल सान्त्वना हुन सफल भएका छन् । त्यस्तै प्राथमिक तह तर्फको प्रतियोगितामा रिया बिश्वकर्मा प्रथम, अनुषका भट्टाई द्वितीय, आर्या गैरे तृतीय र आइशना भट्टराई सान्त्वना हुन सफल भएका छन् । त्यसै ष्री पूर्व प्रथमिक तहतर्फको प्रतियोगितामा संसा ज्ञवाली प्रथम, मनिष बेल्वासे द्वितीय, प्रद्दिती बेल्बासे तृतीय र दिप्सन रुचेल र सनम बुढाथोकीले सान्त्वना स्थान हासिल गरेका छन् ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिन गिरीको अध्यक्षतामा भएको प्रतियेगितामा विद्यालयका प्राचार्य थानेश्वर पौडेल, सह–प्राचार्य सुर्य प्रसाद पाण्डे र बरिष्ठ शिक्षक वेदनीधी घिमिरे लगातको आतिथ्यता रहेको थियो । प्रतियोगितामा मावितर्फ ईश्वरी खनाल, रोमी श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै प्रा.वि भगवती पाण्डे, सविता के.सी. जमुना रिजाल, पूर्व पअ्र प्रमिना ज्ञवाली र मिना पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम विद्यालयका शिक्षक गिता राना, कल्पना पौडेल र पुष्पा खड्काको संचालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij