
बुधवार , भाद्र २३, २०७८
भैरहवा, २४ भदौ ।
कुशे औसी तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्वले वृद्धाश्रममा दर खाने कार्यक्रम गरेको छ । क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा रहेको श्री सत्य साई वृद्ध सेवा आश्रममा कार्यक्रम गरेको क्लबका संस्थापक अध्यक्ष कपिल चापागाईले बताए ।कार्यक्रममा आश्रममा रहेका वृद्धवृद्धाहरुसंग दर खाने कार्यक्रम र नाचगान समेत गरिएको चापागाईले जानकारी दिए । क्लबले आगामी दिनमा पनि आश्रमलाई सहयोग गर्ने उनले बताए ।
घरपरिवारसंगै नबसेका बुवाआमालाई एकदिन भए पनि छोरा छोरीहरुको मायाको अनुभुति गराउने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक भुवन पौडेलले जानकारी दिए । क्लबका सचिव अंकित खातीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij