बुधवार , भाद्र २३, २०७८
भैरहवा, २३ भदौ ।
लियो क्लब अफ होलिसिटी भैरहवाले लुम्बिनीरोडमा अवस्थित सिद्धार्थ बालगृहमा दर खाने कार्यक्रम गरेको छ । क्लबले बालगृहमा रहेका बालबालिकाहरुलाई दर खुवाएको हो । तीजको अवसर पारेर दर खाने कार्यक्रम बालगृहमा गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष आकाश पौडेलले बताए । दर खाने कार्यक्रम बालगृहमा रहेका बालबालिकालाई खुवाएर गरौं भन्ने सोचले कार्यक्रमको आयोजना गरेका हौं, ’पौडेलले भने ।
क्लबका अध्यक्ष आकाश पौडेलको अध्यक्षता, बालगृहका सञ्चालक कृष्णमाया गुरुङको प्रमुख आतिथ्यता, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष राकेश गुरुङको विशिष्ट आतिथ्यता, संगिता क्षेत्रीको संयोजकत्व तथा दिव्या क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarpatro.com | Site By : sobij