२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले गर्‍यो तालाबन्दी

बुधवार , भाद्र २३, २०७८

  • 6.3K
    Shares
  • 6.3K
    Shares
  • भैरहवा, २३ भदौ ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भैरहवा बहुमुखी क्याम्पसमा बुधबार तालाबन्दी गरेको छ । अनेरास्ववियुले उठाएका मागहरु क्याम्पसले प्रशासनले सम्बोधन नगरेको भन्दै तालाबन्दी गरेको जनाएको छ ।

    आफूहरुले उठाएका माग पुरा गर्न ४८ घण्टाको अल्टीमेटम दिए पनि क्याम्पस प्रशासनबाट कुनै सुनुवाई नभएकोले क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए ।

    त्रिभुवन विश्वविद्यालयको नियम अनुसार भन्दै स्नातकोत्तर तहमा १० प्रतिशत शुल्क वृद्धि गरिएकोले पुरानै शुल्क लिनुपर्ने अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका सचिव आशिष पन्तले बताए । अझै पनि माग पुरा नभइ अझ सशक्त आन्दोलन अगाडी बढाउने उनले चेतावनी दिए ।

    यस शैक्षिक सत्रको पुरानै शिक्षण शुल्क लिन माग गर्दै अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीले सोमबार क्याम्पस प्रमुख अनिल कुमार झालाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।