२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

मनकामना केबलकार सञ्चालनमा

बुधवार , भाद्र २३, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • मुग्लिन, २३ भदौ । कोरोना भाइरस सङ्क्रमणका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । 

    मनकामना मन्दिर आजदेखि खुलेसँगै केबलकार पनि सञ्चालनमा आएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णपालना गर्ने गरी केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए । आज बिहानबाट  केबलकार सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो  । यात्रुलाई स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न पनि मनकामना दर्शन प्रालिले आग्रह गरेको छ ।  

    गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जान सहजताका लागि सञ्चालनमा ल्याएको मनकामना केबलकारको प्रवेशद्वार (बटम  स्टेशन) चितवनको ईच्छाकामना– ४ चेरेसमा रहेको  छ । रासस