images

बिहिवार, बैशाख २० गते २०८१

मनसुनी वायुको प्रभाव : वर्षाको सम्भावना 

मनसुनी वायुको प्रभाव : वर्षाको सम्भावना 

images
images
images
बुधवार, भाद्र २३ २०७८
बुधवार, भाद्र २३ २०७८
  • मनसुनी वायुको प्रभाव : वर्षाको सम्भावना 

    काठमााडौँ, २३ भदौ । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले बुधबार देशभर सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यूनचापीय रेखा औसत स्थान नजिक रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । 

    विभागका अनुसार बिहीबारदेखि उक्त न्यून चापीय रेखा औसत स्थानभन्दा तल सर्ने सम्भावना रहेकाले भारी वर्षा हुने छैन । “मनसुनको समय अझै बाँकी नै रहेकाले बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायम रहनेछ”, मौसमविद् प्रतिभा मान्नधरले भनीन् । 

     हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

     मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ । रासस

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij