images

बिहिवार, बैशाख २० गते २०८१

सिर्जनशील मोती सम्मान–२०७८ बाट ६ जना सर्जकहरु सम्मानित

सिर्जनशील मोती सम्मान–२०७८ बाट ६ जना सर्जकहरु सम्मानित

images
images
images
बुधवार, भाद्र २३ २०७८
बुधवार, भाद्र २३ २०७८
  • सिर्जनशील मोती सम्मान–२०७८ बाट ६ जना सर्जकहरु सम्मानित

    भैरहवा, २३ भदौ । 

    मोती जयन्तीको अवसरमा भैरहवामा ६ जना सर्जकहरु सम्मानित भएका छन् । प्रत्येक वर्ष मोती जयन्ती मनाउँदै आइरहेको सिर्जनशील साहित्यिक समाज (सिसास) ले १ सय ५६ औं जयन्तीका अवसरमा मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बुटवलका डा. शालिकराम पौड्याल, देवदहका विष्णु बिबस पोख्रेल, भैरहवाका सृजना खनाल, बुटवलका यज्ञलाल सुवेदी, भैरहवाका शैलेश गुरुङ र सैनामैनाका सागर केसी सम्मानित भएका छन्  ।

    सिसासका अध्यक्ष शशि पन्थीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार रुद्र ज्ञवालीले मोतीराम भट्ट नेपाली गजलको प्रवर्तक तथा आदिकवि भानुभक्त आचार्यलाई चिनाउने व्यक्ति भएको बताए । 

    विशिष्ट अतिथि प्राज्ञ बुंद रानाले नेपाली गजलको पहिलो प्रबर्तक मात्रै नभएर नेपाली पत्रकारिता पहिलोपटक नेपालमा भित्र्याउने व्यक्ति मोतीराम भएको बताए । कार्यक्रममा आख्यानकार विजय सागरले साहित्यकार र राज्यले एकदिन मात्रै सम्झने तर शिखर पुरुष मोतीलाई अरु दिन भुल्न नहुने तर्क गरे । आख्यानकार वनमाली निराकारले कलिलो अवस्थामा शिखरसम्म पुग्न सफल मोती मोती सावित भएको बताए । सम्मानित कविहरुका बारेमा सिसासका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु नारायण प्रसाद भण्डारी र सुवास रिजालले टिप्पणी गरेका थिए । 

    मोती जयन्तीका अवसरमा मोतीराम भट्टको जीवनी, व्यक्तित्व तथा कृतिमाथि प्रकाश युगीन साहित्यिक समाज देवदहका पूर्व अध्यक्ष यज्ञ प्रसाद न्यौपाने (दिपक) ले प्रकाश पारेका थिए ।

    सिसासका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमल पोख्रेलको स्वागत मन्तव्य तथा सह–सचिव विष्णु गजुरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images

    IMG_3422.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij