images
images

शुक्रवार, जेठ ४ गते २०८१

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा अभिमुखीकरण

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा अभिमुखीकरण

images
images
images
आइतवार, भाद्र २० २०७८
आइतवार, भाद्र २० २०७८
  • लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा अभिमुखीकरण


    भैरहवा, २० भदौ ।
    लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले एकदिने अभिमुखीकरण कार्यक्रम तथा क्लब अधिकारीहरुका लागि तालिम शनिबार भैरहवामा सम्पन्न गरेको छ । क्लबमा आबद्ध तथा नयाँ सदस्यहरुलाई लायन्सको भूमिकाका बारेमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक दुर्गेश जयसवाल (भोला)ले बताए ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस गभर्नर नवराज न्यौपानेले लायन्सले सामाजिक कार्य गर्न प्रेरणा दिने बताए । उनले लायन्स क्लबमा महिलाको सहभागिता बढ्दै गएको बताए ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका चिफ डिष्ट्रिक एडभाइजर उमंग देवकोटा र डेपुटी सेक्रेटरी विजय पाण्डेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

    लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२१/२२ का अध्यक्ष दिनेश गुप्ताको अध्यक्षता, कार्यक्रम संयोजक दुर्गेश जैसवालको स्वागत, क्लबका सदस्य अनिल कुमार गुप्ताद्वारा झण्डा अभिवादन तथा सचिव सुमेर विक्रम खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij