images

बुधवार, बैशाख २६ गते २०८१

आइतबारबाट मनकामना केबुलकार चल्ने

आइतबारबाट मनकामना केबुलकार चल्ने

images
images
images
शनिवार, भाद्र १९ २०७८
शनिवार, भाद्र १९ २०७८
  • आइतबारबाट मनकामना केबुलकार चल्ने

    चितवन, १९ भदौ ।
    कोरोना संक्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।

    images
    images
    images

    मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, “यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।”

    इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेशन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उनको भनाइ छ । मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij