२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

असोज ५ गतेबाट आन्तरिक उडान र बस सञ्चालनमा आउने 

मंगलवार , भाद्र ३०, २०७७

काठमाडौं। बिगत ७ महिना देखि बन्द रहेका आन्तरिक उडान तथा लामो दुरीका सवारी साधन सञ्चालनमा ल्याईने भएको छ ।

सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि खुला गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान तथा लामो दुरीका सबारी साधन चलाउन अनुमति दिने निर्णय गरेको हो । 

सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा सञ्चालनमा रोक लगाएको थियो । सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा सञ्चालन गर्न भनीएको छ । यसका लागि सरकारले मापदण्ड तयार गरिसकेको छ ।