images

मंगलवार, बैशाख ११ गते २०८१

निरन्तर वर्षाको प्रभाव : हालसम्म रुपन्देहीमा २ को मृत्यु, ३ बेपत्ता

निरन्तर वर्षाको प्रभाव : हालसम्म रुपन्देहीमा २ को मृत्यु, ३ बेपत्ता

images
images
images
आइतवार, भाद्र १३ २०७८
आइतवार, भाद्र १३ २०७८
  • निरन्तर वर्षाको प्रभाव : हालसम्म रुपन्देहीमा २ को मृत्यु, ३ बेपत्ता

    बुटवल । बिहीबार देखि निरन्तर रुपमा पानी पर्दा तराईका जिल्लामा डुबानको स्थिति आएको छ। तराईको जिल्ला रुपन्देहीका दक्षिणि क्षेत्रमा यसको प्रभाव बढि परेको छ । बिहीबार बेलुकादेखी परेको पानीले रातीदेखी नै तराईका क्षेत्रहरुमा पानीको बहाब बढ्दै आएको थियो । 

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यो वर्ष वर्षाको समयमा कुनै क्षति नभएपनि भदौमा आएर क्षति भएको जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निरन्तरको वर्षाले रुपन्देहीमा २ जनाको ज्यान गएको जानकारी दिए। उनले ३ जना अझैपनि बेपत्ता रहेको बताए। ओमसतिया गाउँपालिका ४ का एक पुरुष र सिद्धार्थनगर नगरपालिका ११ का एक पुरुषको ज्यान गएको उनले जानकारी दिए।  बाढिले लुम्बिनी सास्कृतिक नगरपालिकाका उमेर नखुलेका एक युवा, बुटवल उपनगरपालिकाका  १४ वर्षे वालक र सम्मरिमाई गाउँपालिकाका २३ वर्ष युवक रहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए।

    नदी तथा सडकमा पानीको बहाब बढ्दै जाँदा समाचार तयार पार्दा सम्म ९ सय ५० घरमा पानी पसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ६२ घरमा क्षति पुगेको पनि कार्यालले जनाएको छ। १  पक्कि घर र अन्य कच्ची तथा अन्य किसिमका घरहरुमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । 

    वर्षा तथा बाढिले पशुपन्छीमा पनि क्षति पुगेको छ ।कार्यालयका अुनसार समाचार तयार पार्दासम्म देबदहमा ४३ खसी बोका, ओमसतिया ७० वगुंर हास तथा दक्षिणि क्षेत्रमा माछार्फममा समेत क्षति पुगेको छ । निरन्तर पानी परेकोले शुरक्षित रहनको लागि कार्यालले आग्रह समेत गरेको छ । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी तथा तालीम प्राप्त जनसक्तिको प्रयोग गरि उद्धारको काम भईरहेको कार्यालले जनाएको छ। डोरी, लत्ता कपडा, डुगां, लाईफ ज्याकेट लगायतको माध्यमबाट रेस्क्यु गरिने पनि कार्यालयले जनाएको छ। 

    राहतको प्रवन्ध
    बाढिपिढितलाई राहत समेत प्रदान गर्दै आएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए। ब्यक्तिको मृत्यु भएमा १ लाख नगद तथा अन्य पिडितलाई आवश्यकताअनुसार राहत दिँदै आएको उनले जानकारी दिए। 

    आईतबार बुटवलमा ठुलो क्षती
    शुक्रबार जिल्लाको दक्षिणि क्षेत्रमा निकै समस्या देखिएपनि आईतबार भने बुटवलमा ठुलै समस्या देखिएको छ। आईतबार बिहानैबाट बुटवल ३ ज्योतिनगरमा पहिरो जाँदा करिब २० घरमा क्षति पुगेको छ भने अझैपनि जोखिम कायमै रहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जोखिम कम गर्ने र ब्यक्ति स्थानानन्तरणको कार्य गरेको जानकारी दिए । 

    बुटवल बुद्धनगरमा पनि कटानको कारणले धेरै घरहरु जोखिममा परेका छन् । सुकुम्बासी बस्तीका घरहरु जोखिमा रहेको उनले जानकारी दिए। उनले स्थानान्तरण गरिएको ब्यक्तिहरुलाई खाने तथा बस्ने व्यवस्था समेत मिलाएको उनले जानकारी दिए।

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij