२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

आइतवार , भाद्र १३, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौँ, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

    सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । 

    यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा ९एकीकृत समाजवादी० ले नयाँ दलको मान्यता पाएको थियो । बैठकले संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी समेत गठन गरेको छ । कमिटीमा सांसदहरु भवानीप्रसाद खापुङ, निरादेवी जैरु, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर गरी पाँच सदस्य रहनुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिइन् । रासस