२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

मानव बेचबिखनविरुद्ध अभिमुखीकरण कार्यक्रम 

शनिवार , भाद्र १२, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १२ भदौ ।
    मानव बेचविखन तथा ओसारपसारविरुद्ध कानुनी विषयकअभिमुखिकरण कार्यक्रम आज भैरहवामा सम्पन्न भएको छ । १८ वर्ष मुनीका १९ जना किशोरीहरुको सहभागिता रहेको कार्यक्रममा माइती नेपाल भैरहवा आवधिक गृहका कार्यक्रम संयोजक माया क्षेत्रीले सहजीकरण गरेकी थिइन् । 
    अरुको घरमा बसेर सांझबिहान काम गर्ने र दिउँसो स्कुल जाने किशोरी समेत सो कार्यक्रममा सहभागी रहेका थिए ।

    सहभागीलाई कसरी बेचविखनबाट र यौन दुव्र्यहारबाट जोगिन सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरिएको संयोजक क्षेत्रीले बताइन् । मानव बेचविखन भनेको के हो, कसरी बेचबिखनमा परिन्छ, कस्ता मान्छेसंग जोगिनु पर्छ, कानुनी व्यवस्था के छ जस्ता विभिन्न कुरामा उनले प्रस्तुतीकरण गरेकी थिइन् ।