२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

अवैध लागुऔषधसहित भारतीय युवक पक्राउ

शनिवार , भाद्र १२, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १२ भदौ । 

    प्रहरीले अवैध लागुऔषधसहित एक जना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला सिद्धार्थनगर ग्राम भरवलिया स्थायी ठेगाना भइ हाल रुपन्देहीको मायादेवी गाउँपालिका–६ बस्ने २८ वर्षिय सोनु सहानी रहेको प्रहरीले जनाएको छ ।

    मायादेवी–६ स्थित अमुवा बेथरी सडकखण्डमा पैदलयात्री सहानीलाई शंका लागि इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले रोकेर उनको खानतलासी गर्दा अवैध लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । सहानीबाट नाईट्राभेट लेखेको २ पत्तामा ५७ ट्याब्लेट र वनरेक्स लेखेको झोलसहितको १ सय एमआइको बोतल १ थान बरामद गरिएको उनले बताए ।

    सहानीलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट लागुऔधष मुद्दामा म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए ।