२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

नेकपा एमालेका नेता भीम आचार्यका भाइ मृत फेला

बिहिवार , भाद्र १०, २०७८

भदौ, १० । नेकपा (एमाले)का सचिव भीम आचार्यका भाइ मृत फेला परेका छन् । सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा राम आचार्य मृत फेला परेका हुन् ।

इनरुवामा रहेको घरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरीले मुचुल्का उठाइरहेको छ । मानसिक समस्याले पीडित आचार्य घरमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट आचार्यको शरीरमा चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।